समाचार

Conference on Work-Based Training and Green Skills Links UK Experience with Nepal’s TVET Sector

Conference on Work-Based Training and Green Skills Links UK Experience with Nepal’s TVET Sector

Kathmandu, March 23

A high-level conference titled “Conference on Work-Based Training and Green Skills: Connecting UK Experience to Nepal” was successfully held in Kathmandu on Monday, bringing together key stakeholders from Nepal’s Technical and Vocational Education and Training (TVET) sector and international experts from the United Kingdom.

The program was jointly organized by the Green Skills Advisory Board (GSAB) in collaboration with the British Council under the UK International Skills Partnership initiative.

Delivering the welcome remarks, Ms. Jyotsana Shrestha, Vice President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), highlighted the growing importance of industry-led skills development and the need to align training systems with green economy demands.

During the remarks session, Chandrakanta Bhusal, Joint Secretary at the Ministry of Education, Science and Technology (MOEST), emphasized policy-level commitment towards strengthening work-based training approaches. Similarly, Er. Mahesh Bhattarai, Member Secretary of the Council for Technical Education and Vocational Training (CTEVT), underlined the role of CTEVT in integrating green skills into Nepal’s TVET framework.

The conference featured insightful international presentations. Mike Blakeley, Executive Director of Future Skills and Apprenticeships at Exeter College, shared the UK’s experience in apprenticeship models and employer-led training systems.

Likewise, Dr. Spencer Pitfield OBE, Director and Founder of SPL Strategies, provided strategic perspectives on scaling work-based learning. Contributions were also made by Dr. Sunil Abrol, Director of NOCN India Skills Development, who highlighted regional practices in skills certification and development.

Representing Nepal’s hospitality sector, Tek Bahadur Mahat, CEO of the Hotel Association Nepal (HAN), presented Nepal’s practical experiences in implementing work-based training and promoting green skills within the industry.

The program concluded with key takeaways and reflections from Pramod Bhakta Acharya, Director at CTEVT and Chair of GSAB. He emphasized the importance of international collaboration, industry engagement, and policy alignment to strengthen Nepal’s TVET system and prepare a workforce capable of meeting future green economy demands.

The conference is expected to contribute significantly to enhancing Nepal’s work-based training models and advancing green skills integration in line with global best practices.

146
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सुनचाँदी व्यवसायी संघ तथा अध्यक्ष सम्मानित

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सुनचाँदी व्यवसायी संघ तथा अध्यक्ष सम्मानित

नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले नेपाल सुनचाँदी व्यवसायी संघलाई सम्मान गरेको छ । सुनचाँदी र रत्नपत्थर सम्बन्धी लेभल १ को पाठ्यक्रम निर्माण गर्ने संयोजक, विज्ञ व्यक्तिहरुलाई सम्मान र प्रशंसा पत्र प्रदान गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघले सीप विकास तालिम पाठ्क्रम निर्माण तथा मानव संशाधन विकासमा पुर्‍याएको उल्लेखनीय योगदानलाई कदर गर्दै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सवको अवसरमा उक्त सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको हो ।

सुनचाँदी क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदरस्वरुप नेपाल सुनचाँदी व्यवसायी संघ, केन्द्रीय कार्यालयका अध्यक्ष महेन्द्र रत्न शाक्य, विज्ञ सदस्यहरु महासचिव मनिष शाक्य, र बरिष्ठ प्रशासक हेबेन्द्र शाक्यलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीज्यूबाट प्रशंसा पत्र प्रदान गरिएको छ ।

सुनचाँदी क्षेत्र अन्तर्गत श्रम बजारको माग अनुसार तयार गरिएको ट्रेडमा आधारित आधारभूत सिपमुलक तालिम विशेष गरी सुनचाँदी गाल्ने तथा खार्ने कालिगढ जस्ता प्राविधिक बिषयमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि तयार गरिएको पाठ्यक्रम निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनु भएको योगदानको कदरस्वरुप संस्थालाई सम्मान र बिज्ञ व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बाट आवश्यक सहयोग प्राप्त भै हालै मात्र Skill Test Assessor Trainer का रुपमा सुनचाँदी मुल्यांकनकर्ता (Assessor) हरु चार जना, नेपाल कै पहिलो सुनचाँदी सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने बिशेषज्ञ (Curriculum Developer Expert) का रुपमा दुई जना र प्रशिक्षक प्रशिक्षण तालिम (TOT) चार जनाले प्राप्त गरी प्रमाण पत्र समेत लिई सक्नुभएको छ ।

नेपाल सुनचाँदी व्यवसाय संघले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै सुनचाँदी क्षेत्रको सीप विकास, रोजगारी सृजना र प्राविधिक जनशक्ति उत्पादनमा थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै कार्यक्रममा सुनचाँदी रत्न पत्थर बजारको लागि आवश्यक मानव संशाधनका रुपमा रहेका कालिगढ, बिक्रेता, लेखापाल, कारखाना संचालक, लगानीकर्ता र उपभोक्ताहरुलाई ज्ञान, सीप र मनोबृत्ती सम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम संचालन गरी यस क्षेत्रलाई थप विस्तार र विकास गर्ने प्रतिबद्धता संघका अध्यक्ष महेन्द्र रत्न शाक्यज्यूले आफ्नो मन्तव्यमा राख्नु भएको छ । यसै सन्दर्भमा नेपालको एउटा दुर्गम बेरोजगार नमूना गाउँलाई सुनचाँदी रत्न पत्थर सम्बन्धी आधार क्षेत्रको रुपमा विकास गर्ने र यसैका लागि सुनचाँदी र रत्न पत्थर तालिमको शुभारम्भ हुन लागेको पनि उहाँले जानकारी गराउनु भयो ।

622466
पहिलोपटक TVET संस्था मान्यता (Accreditation) दिने मूल्याङ्कनकर्ता तालिम सुरु

पहिलोपटक TVET संस्था मान्यता (Accreditation) दिने मूल्याङ्कनकर्ता तालिम सुरु

प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) संस्थाहरूको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यसहित संस्था मान्यता (Accreditation) मूल्याङ्कनकर्ता तालिम पहिलोपटक सुरु भएको छ।
उक्त तालिम प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TITI) तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को संयुक्त आयोजनामा, QualiTY परियोजनाको सहयोगमा सञ्चालन भइरहेको छ।

पौष २१ (January-5) देखि प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको पाँच दिने यस तालिम कार्यक्रमको उद्देश्य TVET संस्थाहरूको मान्यता प्रदान गर्न आवश्यक ज्ञान, सीप तथा दक्षता विकास गर्नु रहेको छ।

तालिममा सहभागीहरूलाई गुणस्तर सुनिश्चितता, मान्यता प्रणाली, तथा बाह्य मूल्याङ्कन प्रक्रिया सम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ।

तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागीहरू प्रमाणित मान्यता मूल्याङ्कनकर्ता (Accreditor) का रूपमा सूचीकृत हुनेछन्। उनीहरूले नेपालभरका TVET संस्थाहरूमा बाह्य गुणस्तर मूल्याङ्कन तथा मान्यता प्रक्रियाको नेतृत्व गर्ने जिम्मेवारी वहन गर्नेछन्।

QualiTY परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय पहल हो। यस परियोजना स्विस विकास तथा सहयोग निकाय (SDC) को तर्फबाट Swisscontact को प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको छ। परियोजनाले TVET क्षेत्रमा गुणस्तर सुधार, प्रणाली सुदृढीकरण र दिगो विकासमा योगदान पुर्‍याउँदै आएको छ।

617045
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा १० दिने प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सम्पन्न

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा १० दिने प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सम्पन्न

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी र प्राविधिक प्रशिक्षण प्रतिष्ठान, सानोठिमीको सहकार्यमा प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा संचालित १० दिने प्रशिक्षक प्रशिक्षण (TOT) तालिम पौष १७ गते समापन भएकाे छ।

पौष ७ देखि १७ गते सम्म संचालन भएको उक्त तालिममा विभिन्न रोजगारदाता संघ, महासंघ तथा सरोकारवाला संस्थाका २० जना प्रशिक्षार्थी प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका आर्थिक शाखा प्रमुख दिनेश लम्सालले प्रशिक्षार्थी प्रशिक्षकहरुलाई बधाई ज्ञापन गर्नुहुँदै प्रतिष्ठान सँग आवद्धभई सहकार्य गरिरहेका विभिन्न रोजगारदाता संघ, महासंघ तथा सरोकारवाला संस्थाका प्रशिक्षक प्रतिनिधिहरुको प्रशिक्षण क्षमता अभिवृद्धी गर्ने उद्देश्यले यस तालिमको आयोजना गरिएको बताउनु भयो।

यसैगरि प्राविधिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अनुज भट्टराइले प्रशिक्षार्थी प्रशिक्षकहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै यस तालिमले आगामी दिनमा प्रशिक्षणकार्यमा थप उत्कृष्टता आउने विश्वास व्यक्त गर्नु भयो ।

620577
सुन चाँदी तथा रत्न पत्थर पहिचान सम्बन्धी तालिम हुँदै

सुन चाँदी तथा रत्न पत्थर पहिचान सम्बन्धी तालिम हुँदै

२०५९ साल फागुन ३० गते देखि नेपाल सुनचाँदी व्यवसायी संघ, केन्द्रीय कार्यालय अन्तर्गत नेगोसिडा प्रशिक्षण केन्द्रको स्थापना भई तालिम कार्यक्रमहरु संचालन भईरहेकोे छ ।

तालिम प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्रशासनिक अप्ठ्याराहरु, नीति निर्माण तथा अन्य समस्याहरुको तत्काल समाधान गर्न सहज होस् भनी नेपाल सुनचाँदी व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ तथा नेपाल गोल्ड सिल्भर ट्रेनिङ्ग प्रमोसन सेन्टरबाट अख्तियार प्राप्त दक्ष व्यक्तित्वहरुको प्रतिनिधि रहेको बिशेष अधिकार प्राप्त स्वायत्त प्रशिक्षण समितिको समेत गठन गरी कार्य सम्पन्न भईरहेकोछ ।

यस प्रशिक्षण केन्द्रको स्थापना संगै देशमा भएको विभिन्न प्राकृतिक तथा राजनैतिक परिवर्तन तथा विश्व भर फैलिएको Covid-19 को महामारीले गर्दा सुनचाँदी व्यवसाय र समग्र बजारमा कालिगढ अभाव सम्बन्धी देखिएको समस्या न्यूनिकरण गर्ने प्रयास स्वरुप नेगोसिडा तालिम केन्द्रले सुनचाँदी कालिगढ र व्यवसायीहरुको सीप विकासको लागि नेपाल सरकारको मान्यता प्राप्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को ८९० घण्टाको पाठ्यक्रम र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) को ३९० घण्टाको छोटो अवधिको पाठ्यक्रम तयार गरी LEVEL -1 का कक्षाहरु तथा रत्न पत्थर पहिचान सम्बन्धी कक्षाहरु पनि संचालन गरिरहेको छ ।

यस तालिमबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपालमा सुनचाँदीका गरगहना बनाउने कालिगढहरु दक्ष र निपुर्ण हुने र वार्षिक रुपमा विदेशमा न्युन पारिश्रमिकमा गइरहेको नेपाली कामदारहरुलाई केही मात्रामा भए पनि स्वदेशमै रोजगार उपलब्ध गराउने मुख्य उद्देश्य लिइउको छ । साथै विदेशमा काम गर्न जाने युवाहरुलाई पनि तालिम लिए पश्चात प्राप्त हुने दक्षताको प्रमाणपत्रको आधारमा राम्रा अवसरहरु पाउने अपेक्षा गरिएको छ ।

त्यस्तै प्रशिक्षक र प्रशिक्षार्थीहरुको तथ्याङ्कहरु संकलन गरी सुरक्षित राखिएको छ । यसबाट संभावित रोजगारीको अवसरको लाभ लिने गरी संस्थागत पहल भइरहेको छ । CTEVT र NAVT बाट आवश्यक सहयोग प्राप्त भै हालै मात्र CTEVT अन्तर्गत Skill Test Assessor Trainer का रुपमा सुनचाँदी मुल्यांकनकर्ताहरु चार जना, नेपाल कै पहिलो सुनचाँदी सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने बिशेषज्ञका रुपमा दुई जना र प्रशिक्षक प्रशिक्षण तालिम (TOT) दुई जनाले प्राप्त गरी प्रमाण पत्र लिई सकेको छ ।

कक्षा संचालन गर्नका लागि कागोसिडा (NGS-TPC) प्रशिक्षण भवनमा सुनचाँदी सम्बन्धी प्रशिक्षण कक्षा कोठाहरु, प्रयोगशाला, स्वागत कक्ष, प्राध्यापक कक्ष, प्रयोगात्मक कक्ष, बैंठक कक्ष, पाहुना कक्ष, चमेना गृह लगायत सम्पुर्ण भौतिक पूर्वाधारहरु निर्माण सम्पन्न भइसकेको छ ।

सुनचाँदी तथा रत्न पत्थर प्रशिक्षण कार्यको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरी स्वदेशी वा विदेशी विज्ञहरुलाई प्रशिक्षण केन्द्रको भवनमा आवास गृहको सुविधा सहित प्रशिक्षण कार्यक्रम संचालन गर्ने उदेश्य रहेको छ । साथै सुनचाँदी र रत्न पत्थर सम्बन्धी तालिमका लागि चाहिने अत्याधुनिक परिक्षण गर्ने मेशिनहरु सरकारी स्तरको अनुदान सहयोग वा आफ्नै सहयोगी संस्थाहरुको अनुदान सहयोगबाट प्राप्त गरि प्रशिक्षण कार्यलाई अगाडी बढाईरहेको छ ।

काठमाडौं उपत्यकाको एउटा अविकसित, बेरोजगार र कमजोर आर्थिक अवस्था भएको एक आधार सुनचाँदी कालिगढ, सुपरभाईजर उत्पादन गाउँ पहिचान गरी उक्त पालिकासँग समन्वय र जमानत प्राप्त गरी युवा प्रशिक्षार्थीहरु छनौट गरी पहिलो चरणमा उक्त प्रशिक्षण आधार क्षेत्रबाट बेरोजगार युवाहरुको सहभागितामा सुनचाँदी र रत्न पत्थरको अभिमुखिकरण कक्षाहरु संचालन गरिरहेको छ ।

हाल संस्थाले कागोसिडा, (NGS-TPC) प्रशिक्षण भवन, कामपा–२५, कुसुमबियालाछी, ठँहिटी, काठमाडौंबाट सुन जाँचकी तथा बहुमुल्य रत्न पत्थर पहिचान सम्बन्धी तालिमहरु संचालन गरिरहेको छ । इच्छुक प्रशिक्षार्थीहरुले संस्थाको कार्यालय वा आधिकारीक वेबसाइत www.negosida.org मा रहेको तालिम सम्बन्धी फाराम भरी उपलब्ध गराई दिन समेत अनुरोध गरेको छ । दुइ हप्ते तालिमका लागि रु.२५ हजार तथा सुरक्षण जमानत बापत रु.१० हजार गरी जम्मा ३५ हजार भुक्तानी गरी सहभागी हुन सकिनेछ । तालिम पश्चात सुरक्षण जमानत बापत खाखिएको रु.१० हजार फिर्ता गरिनेछ ।

प्रशिक्षण तालिममा सहभागी हुने सदस्य व्यवसायीहरुलाई बिशेष प्राथमिकता दिइनेछ । महिला प्रशिक्षर्थीहरुलाई २० प्रतिशत तथा अपाङ्गता भएका प्रशिक्षार्थीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रशिक्षण पश्चात प्रशिक्षार्थीहरुलाई रोजगारको अवसर पनि प्रदान गर्न सकिने नेगनेसिडाका अध्यक्ष महेन्द्र रत्न शाक्यले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रम सम्बन्धी थप जानकारी लागि संस्थाका वरिष्ठ प्रशासक हेबेन्द्र शाक्य वा कार्यालय सचिव हरि शरण मगर लाई फोन नं. ०१–५९१४६८८, ०१–५९१९५६६, ९७६३६९३३४४ मा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सकिने छ ।

सुनचाँदी र रत्न पत्थर सम्बन्धी बिशेष तथ्याङ्क संकलन गरी स्वदेश तथा विदेशमा रोजगारको अवसरको लागि बिशेष पहल गरिने संस्थाको योजना रहेको छ ।

679411
काठमाडौं विश्वविद्यालय र बडीमालिका नगरपालिकाबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं विश्वविद्यालय र बडीमालिका नगरपालिकाबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशन Kathmandu University School of Education र बाजुराको बडीमालिका नगरपालिकाबीच प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TVET) क्षेत्रको विकासका लागि आज (26 December 2025) समझदारीपत्रमा हस्ताक्षर भएकाे छ। समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका डिन प्रा.डा. बाल चन्द्र लुइटेल र बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयको विकास शिक्षा विभागअन्तर्गत रहेको "सेन्टर फर स्किल्स एन्ड सोसाइटीज" ले बडीमालिका नगरपालिकामा कार्यरत TVET शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नेछ। साथै, स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास तथा शिक्षा रणनीति योजना (Education Strategy Plan) तयार गर्न नगरपालिकालाई प्राविधिक तथा शैक्षिक सहयोग प्रदान गर्नेछ।

यस सहकार्यले स्थानीय तहमा सीपमूलक तथा रोजगारमुखी शिक्षाको गुणस्तर सुधार गर्न, शिक्षकहरूको पेशागत दक्षता बढाउन र स्थानीय आवश्यकता अनुरूप शिक्षा प्रणाली विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

दुवै संस्थाले यो सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउँदै स्थानीय तहमा प्रभावकारी TVET कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

623785
© 2026 TVET Times. All Rights Reserved.