
पहिलोपटक TVET संस्था मान्यता (Accreditation) दिने मूल्याङ्कनकर्ता तालिम सुरु
प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) संस्थाहरूको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यसहित संस्था मान्यता (Accreditation) मूल्याङ्कनकर्ता तालिम पहिलोपटक सुरु भएको छ।
उक्त तालिम प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TITI) तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को संयुक्त आयोजनामा, QualiTY परियोजनाको सहयोगमा सञ्चालन भइरहेको छ।
पौष २१ (January-5) देखि प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको पाँच दिने यस तालिम कार्यक्रमको उद्देश्य TVET संस्थाहरूको मान्यता प्रदान गर्न आवश्यक ज्ञान, सीप तथा दक्षता विकास गर्नु रहेको छ।
तालिममा सहभागीहरूलाई गुणस्तर सुनिश्चितता, मान्यता प्रणाली, तथा बाह्य मूल्याङ्कन प्रक्रिया सम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ।
तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागीहरू प्रमाणित मान्यता मूल्याङ्कनकर्ता (Accreditor) का रूपमा सूचीकृत हुनेछन्। उनीहरूले नेपालभरका TVET संस्थाहरूमा बाह्य गुणस्तर मूल्याङ्कन तथा मान्यता प्रक्रियाको नेतृत्व गर्ने जिम्मेवारी वहन गर्नेछन्।
QualiTY परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय पहल हो। यस परियोजना स्विस विकास तथा सहयोग निकाय (SDC) को तर्फबाट Swisscontact को प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको छ। परियोजनाले TVET क्षेत्रमा गुणस्तर सुधार, प्रणाली सुदृढीकरण र दिगो विकासमा योगदान पुर्याउँदै आएको छ।










