
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा १० दिने प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सम्पन्न
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी र प्राविधिक प्रशिक्षण प्रतिष्ठान, सानोठिमीको सहकार्यमा प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा संचालित १० दिने प्रशिक्षक प्रशिक्षण (TOT) तालिम पौष १७ गते समापन भएकाे छ।
पौष ७ देखि १७ गते सम्म संचालन भएको उक्त तालिममा विभिन्न रोजगारदाता संघ, महासंघ तथा सरोकारवाला संस्थाका २० जना प्रशिक्षार्थी प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका आर्थिक शाखा प्रमुख दिनेश लम्सालले प्रशिक्षार्थी प्रशिक्षकहरुलाई बधाई ज्ञापन गर्नुहुँदै प्रतिष्ठान सँग आवद्धभई सहकार्य गरिरहेका विभिन्न रोजगारदाता संघ, महासंघ तथा सरोकारवाला संस्थाका प्रशिक्षक प्रतिनिधिहरुको प्रशिक्षण क्षमता अभिवृद्धी गर्ने उद्देश्यले यस तालिमको आयोजना गरिएको बताउनु भयो।
यसैगरि प्राविधिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अनुज भट्टराइले प्रशिक्षार्थी प्रशिक्षकहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै यस तालिमले आगामी दिनमा प्रशिक्षणकार्यमा थप उत्कृष्टता आउने विश्वास व्यक्त गर्नु भयो ।














