
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सुनचाँदी व्यवसायी संघ तथा अध्यक्ष सम्मानित
नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले नेपाल सुनचाँदी व्यवसायी संघलाई सम्मान गरेको छ । सुनचाँदी र रत्नपत्थर सम्बन्धी लेभल १ को पाठ्यक्रम निर्माण गर्ने संयोजक, विज्ञ व्यक्तिहरुलाई सम्मान र प्रशंसा पत्र प्रदान गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले सीप विकास तालिम पाठ्क्रम निर्माण तथा मानव संशाधन विकासमा पुर्याएको उल्लेखनीय योगदानलाई कदर गर्दै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सवको अवसरमा उक्त सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको हो ।
सुनचाँदी क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदरस्वरुप नेपाल सुनचाँदी व्यवसायी संघ, केन्द्रीय कार्यालयका अध्यक्ष महेन्द्र रत्न शाक्य, विज्ञ सदस्यहरु महासचिव मनिष शाक्य, र बरिष्ठ प्रशासक हेबेन्द्र शाक्यलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीज्यूबाट प्रशंसा पत्र प्रदान गरिएको छ ।
सुनचाँदी क्षेत्र अन्तर्गत श्रम बजारको माग अनुसार तयार गरिएको ट्रेडमा आधारित आधारभूत सिपमुलक तालिम विशेष गरी सुनचाँदी गाल्ने तथा खार्ने कालिगढ जस्ता प्राविधिक बिषयमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि तयार गरिएको पाठ्यक्रम निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनु भएको योगदानको कदरस्वरुप संस्थालाई सम्मान र बिज्ञ व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बाट आवश्यक सहयोग प्राप्त भै हालै मात्र Skill Test Assessor Trainer का रुपमा सुनचाँदी मुल्यांकनकर्ता (Assessor) हरु चार जना, नेपाल कै पहिलो सुनचाँदी सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने बिशेषज्ञ (Curriculum Developer Expert) का रुपमा दुई जना र प्रशिक्षक प्रशिक्षण तालिम (TOT) चार जनाले प्राप्त गरी प्रमाण पत्र समेत लिई सक्नुभएको छ ।
नेपाल सुनचाँदी व्यवसाय संघले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै सुनचाँदी क्षेत्रको सीप विकास, रोजगारी सृजना र प्राविधिक जनशक्ति उत्पादनमा थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै कार्यक्रममा सुनचाँदी रत्न पत्थर बजारको लागि आवश्यक मानव संशाधनका रुपमा रहेका कालिगढ, बिक्रेता, लेखापाल, कारखाना संचालक, लगानीकर्ता र उपभोक्ताहरुलाई ज्ञान, सीप र मनोबृत्ती सम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम संचालन गरी यस क्षेत्रलाई थप विस्तार र विकास गर्ने प्रतिबद्धता संघका अध्यक्ष महेन्द्र रत्न शाक्यज्यूले आफ्नो मन्तव्यमा राख्नु भएको छ । यसै सन्दर्भमा नेपालको एउटा दुर्गम बेरोजगार नमूना गाउँलाई सुनचाँदी रत्न पत्थर सम्बन्धी आधार क्षेत्रको रुपमा विकास गर्ने र यसैका लागि सुनचाँदी र रत्न पत्थर तालिमको शुभारम्भ हुन लागेको पनि उहाँले जानकारी गराउनु भयो ।

पहिलोपटक TVET संस्था मान्यता (Accreditation) दिने मूल्याङ्कनकर्ता तालिम सुरु
प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) संस्थाहरूको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यसहित संस्था मान्यता (Accreditation) मूल्याङ्कनकर्ता तालिम पहिलोपटक सुरु भएको छ।
उक्त तालिम प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TITI) तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को संयुक्त आयोजनामा, QualiTY परियोजनाको सहयोगमा सञ्चालन भइरहेको छ।
पौष २१ (January-5) देखि प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको पाँच दिने यस तालिम कार्यक्रमको उद्देश्य TVET संस्थाहरूको मान्यता प्रदान गर्न आवश्यक ज्ञान, सीप तथा दक्षता विकास गर्नु रहेको छ।
तालिममा सहभागीहरूलाई गुणस्तर सुनिश्चितता, मान्यता प्रणाली, तथा बाह्य मूल्याङ्कन प्रक्रिया सम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ।
तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागीहरू प्रमाणित मान्यता मूल्याङ्कनकर्ता (Accreditor) का रूपमा सूचीकृत हुनेछन्। उनीहरूले नेपालभरका TVET संस्थाहरूमा बाह्य गुणस्तर मूल्याङ्कन तथा मान्यता प्रक्रियाको नेतृत्व गर्ने जिम्मेवारी वहन गर्नेछन्।
QualiTY परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय पहल हो। यस परियोजना स्विस विकास तथा सहयोग निकाय (SDC) को तर्फबाट Swisscontact को प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको छ। परियोजनाले TVET क्षेत्रमा गुणस्तर सुधार, प्रणाली सुदृढीकरण र दिगो विकासमा योगदान पुर्याउँदै आएको छ।
समाचार
→
पहिलोपटक TVET संस्था मान्यता (Accreditation) दिने मूल्याङ्कनकर्ता तालिम सुरु

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा १० दिने प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सम्पन्न

सुन चाँदी तथा रत्न पत्थर पहिचान सम्बन्धी तालिम हुँदै

